दफा ४७
मालसामान सम्बन्धी दायित्व
(१) रेल्वे रसिद्मा उल्लिखित मालसामान पूरै वा आंशिकरूपमा हराएको,/ क्षति भएको वा हस्तान्तरण गर्नमा ढिलाइ भएको सम्बन्धमा बोर्ड जिम्मेवार हुनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कारणबाट मालसामान हराएमा, क्षति भएमा वा हस्तान्तरणमा ढिलाइ भएमा बोर्ड, जिम्मेवार हुने छैनः-
(क) प्याकिङ्ग गर्नु पर्ने प्रकृतिका मालसामान प्याकिङ्ग
नगरिएको वा राम्रोसँग प्याकिङ्ग नगरिएको,
(ख) दर्ता भए बमोजिमको मालसामान प्रेषकले लोड नगरेको वा प्रापकले अनलोड गरेको,
(ग) गलत वा अपूर्ण विवरणपत्र भरी मालसामान पठाएको,
(घ) प्रेषक वा प्रापकको अनुरोधमा खुला वागनबाट मालसामान ढुवानी गराएको,
(डङ) मालसामानको खराबीबाट वा कुनै मालसामानको प्रकृतिबाट (जस्तैः भाँचिएर, बिग्रेर, कुहिएर, सुक्खा भएर वा खेर गएर) पूर्ण वा आंशिकरूपमा क्षति भएको,
(च) काबुबाहिरको परिस्थिति उत्पन्न भई बोर्डले त्यस्तो परिस्थितिबाट बचाउ गर्न नसकेको, वा (छ) बोर्डको अनुमतिबिना जीवजन्तुको ढुवानी गरेको ।
(३) उपदफा (२) मा उल्लिखित कुनै /कारणबाट मालसामान हराएको, क्षति भएको वा हस्तान्तरणमा ढिलाइ भएको हो भन्ने कुरा प्रमाणित गर्ने भार बोर्डको हुनेछ।